Market Closed

एभरेष्ट बैंकको अग्राधिकार सेयर कारोबार रोकियो, सर्वसाधारणमा परिवर्तन गर्दै

19 Sep,2019
  • Everest-bank-Ltd_8_3_2018_10_49_17.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट बैंकको अग्राधिकार सेयर (इबीएलसीपी) को कारोबार रोकिएको छ । बैंकको आग्रहमा नेप्सेले बिहीबार (असोज २ गते) देखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको कारोबार रोक्का गरेको हो । एभरेष्टले अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएकाले कारोबार पनि रोकिएको हो । उक्त सेयर असोज ९ गते सर्वसाधारणमा परिवर्तन हुनेछ ।
 
एभरेष्टले ७% अग्राधिकार सेयर जारी गरेकामा यसअघि ३ पटक सर्वसाधारणमा परिवर्तन गरिसकेको छ । कुल जारी भएको ७% सेयर मध्येबाट प्रत्येक ३ वर्षमा २०% का दरले साधारण सेयरमा परिवर्तन गर्नुपर्छ । सोही अनुसार अहिले चौथो पटक २०% परिवर्तन गर्न लागिएको हो ।

Post Your Comment