Market Closed

एभरेष्ट बैंकको वितरण योग्य नाफा २ अर्ब ६३ करोड

14 Nov,2019
  • Everest-bank-Ltd_8_3_2018_10_49_17.jpg
नेपाली पैसा

काठमाडौं : एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.०७% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ९.३०% र सञ्चालन नाफा ९.०८% ले बढेको छ । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ११.९७% र ६.०२% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८७ पैसाले बढेर ३४ रुपैयाँ ४३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ३३ पैसा रहेको छ । 
एभरेष्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई २५% लाभांश प्रस्ताव गरेको छ ।  जसमध्ये २०%  नगद लाभांश र ५% बोनस सेयर रहेको छ । 

Post Your Comment