Market Closed

एक्सेलको साधारण सभा चैत १९ मा, २५% बोनस र १.३२% नगद प्रस्ताव चैत ७ गतेदेखि बुक क्लोज

22 Feb,2017
  • Excel-develpoment-bank-Ltd_2_22_2017_12_19_55.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चैत १९ गते वर्षिक साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय लिएको हो । सधारण सभा गर्न एक्सेलले चैत ७ देखि चैत १९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । एक्सेलले साधारण सभामा २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले सात करोड ३८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
 एक्सेलको चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ छ भने २३ करोड १४ लाख ५३ हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४८ रुपैयाँ एक पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २३ पैसा छ । बैंकले २५ प्रतिशत बोनस सेयर समायोजनपछि भने प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा कायम हुने उल्लेख गरेको छ । 
 

Post Your Comment