Market Closed

एक्सेलको चैत १९ मा साधारण सभा, २५ प्रतिशत बोनस त्यसपछि फेरि ५० प्रतिशत हकप्रद

26 Feb,2017
  • Excel-develpoment-bank-Ltd_2_26_2017_12_51_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चैत १९ मा साधारण सभा बोलाएको छ । आदर्श ब्यांकेट पार्टी प्यालेस विर्तामोडमा बिहान ११ बजे सुरु हुने साधारण सभाका लागि बैंकले चैत ७ देखि १९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । साधारण सभामा एक्सेलले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ । बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा फेरि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लगिंदैछ । बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार ५०० रुपैयाँ हुनेछ । यो चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागिएको हो । 
 
यसैगरी, एक्सेलले संस्थापकको सेयर स्वामित्व ७० प्रतिशतबाट घटाउने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । संस्थापक हिस्सा १९ प्रतिशत घटाएर ५१ प्रतिशतमा सीमित पार्न लागिएको हो । त्यसपछि सर्वसाधारणको हिस्सा पनि ४९ प्रतिशत पुग्नेछ । मर्जर तथा एक्विजिसनको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि राखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेलले सात करोड ३८ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
हाल चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रूपैयाँ रहेको यो बैंकको रिजर्भ कोषमा २३ करोड १४ लाख ५३ हजार रूपैयाँ छ । हाल प्रतिसेयर आम्दानी वार्षिक हिसाब गर्दा ४८ रुपैयाँ एक पैसा रहेको यो बैंकको २५ प्रतिशत बोनस सेयरपछि प्रतिसेयर आम्दानी ३८ रूपैयाँ ४१ पैसामा झर्नेछ । एक्सेलको प्रतिसेयर नेटवर्थ १७५ रूपैयाँ २३ पैसा छ । बोनस सेयर दिएपछि प्रतिसेयर नेटवर्थ १४० रूपैयाँ १९ पैसामा आइपुग्ने बैंकको प्रक्षेपण छ । 
 

Post Your Comment