काडमाडौं :
एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले करसहित १७% नगद दिने निर्णय गरेको हो । यसलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।
एक्सेलको लाभांश गत वर्ष भन्दा कम भएको हो । गत वर्ष बैंकले ३०.१२% बोनस दिएको थियो । एक्सेलले गत आर्थिक वर्षमा १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ७४ पैसा छ ।