Market Closed

एक्सेलका संस्थापकले २५ हजार कित्ता सेयर बिक्री गर्दै, किन्नलाई ३५ दिन समय

26 Sep,2018
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपेन्ट बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी चेत प्रसाद भट्टराईले २५ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले बुधबार (असोज १० गते) देखि कायम हुने गरी ३५ दिनभित्र एक्सेलको केन्द्रीय कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । यस अवधिमा संस्थापकहरुबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यता, बैंकले भर्खरै मात्रै गत वर्षको कमाइबाट १७% नगद लाभांश दिने घोषणा गरेको छ । राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने सुरु हुनेछ । एक्सेलले गत आर्थिक वर्षमा १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ७४ पैसा छ । 
 

Post Your Comment