Market Closed

एक्सेलको खुद नाफा १४.६४% ले बढ्यो, यस्तो देखिन्छ रिजर्भ कोष

04 Nov,2018
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको ३ महिना सम्ममा ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा नाफा १४.६४% ले वृद्धि भएको हो । गत वर्षको पहिलो त्रैमासमा एक्सेलले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २०% र २९.८४% ले बढोत्तरी भएको छ । एक्सेलले खुद ब्याज आम्दानी ६ करोड ७१ लाखबाट बढाएर ८ करोड ५ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन नाफा पनि ४ करोडबाट बढाएर ५ करोड२७ लाख ६८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
 
हाल यस बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १८ करोड १६ लाख १७ हजार रुपैयाँ जम्मा भइसकेको छ । बैंकले गत वर्षको कमाईबाट १७% नगद लाभांश दिने घोषणा पनि गरेको छ । 
 
एक्सेलले यो त्रैमास सम्ममा ५ अर्ब ७ करोड २२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७५ करोड ५० लाख ७४ हजार रुपैयाँ कर्जा विस्तार गर्न सक्ष्म भएको देखिन्छ । बैंकले खराब कर्जा पनि १% बाट घटाएर ०.७७% मा झारिदिएको छ । 
 
प्रोभिजनमा १ करोड ५१ लाख रुपैयाँ छुट्याएको यो बैंकले ३९ लाख २३ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ २२ पैसा छ । 

एक्सेलको वित्तीय रिपोर्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 
 

Post Your Comment