Market Closed

एक्सेलले चैत ११ गते बोलायो एजीएम, के–के छन् एजेन्डा ?

03 Mar,2019
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले तेह्रौं वार्षिक साधारण सभा चैत्र ११ गते बोलाएको छ । बैंकले सेयरधनीलाई करसहित १७% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । एक्सेलले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट १७% नगद लाभांश वितरणका लागि ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ ।
 
यस्तै, हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५% हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजानेछ । उक्त प्रस्ताव पारित भएमा कुल ३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको हकप्रद सयेर जारी हुनेछ । बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश गर्नेछ ।
 
यता, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अघि सारेको छ । साधारण सभा चैत्र ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा गर्न बैंकले फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्नेछ । फागुन २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १७% नगद लाभांश पाउनेछन् । 

एक्सेलको साधारण सभा सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् ।

Post Your Comment