एक्सेलको १७% नगद लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? ५५% हकप्रद पनि आउने

07 Mar,2019
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकको १७% नगद लाभांश सुरक्षित गर्न अब २ कार्य दिन मात्र समय बाँकी छ । एक्सेलले चैत ११ गते साधारण सभा गर्न सोमबारदेखि (फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म) बुक क्लोज गर्दैछ । यसआधारमा अब यो लाभांश पाउने बिहीबार र आइतबार गरी जम्मा दिन मात्र नयाँ सेयरधनी बन्ने अवसर हुनेछ ।

शुक्रबार र शनिबार सेयर बजार खुल्दैन । बैंकले सेयरधनीलाई करसहित १७% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । नगद लाभांश वितरणमा ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने हुनेछ । यसैगरी, कम्पनीले हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँबाट ५५% हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजानेछ ।

यो प्रस्ताव पारित भएपछि कुल ३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको हकप्रद सयेर आउनेछ। बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश गर्नेछ ।
 
यता, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साधारण सभा चैत ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ ।

एक्सेलको साधारण सभा सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् ।

Post Your Comment