एक्सेलले खातामै पठायो १७% नगद लाभांश, सेयर डिम्याट गर्न आग्रह

05 Apr,2019
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले फागुन २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । फागुन २६ गतेपछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।
 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनैपनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
 
यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । एक्सेलको चैत ११ गते सम्पन्न साधारण सभाले १७% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । 

Post Your Comment