Market Closed

एक्सेलको खुद नाफा २.९६% सुधार हुँदा इपीएस २२.०३ रुपैयाँ, रिजर्भमा कति ?

01 May,2019
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ४४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा नाफा २.९६% ले वृद्धि भएको हो । गत वर्षको तेस्रो त्रैमासमा एक्सेलले ११ करोड ११ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
एक्सेलको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १५.७६% र ६.५९% ले बढोत्तरी भएको छ । खुद ब्याज आम्दानी २३ करोड ४८ लाख ५४ हजारबाट बढाएर २७ करोड १८ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन नाफा पनि १५ करोड २३ लाख ८३ हजारबाट बढाएर १६ करोड २४ लाख ३७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
 
एक्सेलले यो त्रैमास सम्ममा ६ अर्ब ४६ करोड ५६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ६६ लाख ३५ हजार रुपैयाँ कर्जा विस्तार गर्न सक्षम भएको देखिन्छ । बैंकले खराब कर्जा पनि १.१८% बाट घटाएर १.०८% मा झारेको छ ।
 
हाल यस बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २५ करोड ९८ लाख ८५ हजार रुपैयाँ जम्मा भइसकेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७९ पैसा छ ।

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय विवरण यहाँ हेर्नुहोस् ।

Post Your Comment