Market Closed

एक्सेलको नाफा ३४.९८% ले बढ्यो, प्रतिसेयर आम्दानी २८.२९ रुपैयाँ

14 Nov,2019
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ३४.९८% ले बढी हो । गत वर्ष यसैअवधिमा यसले ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४०.५३% र ३५.३३% ले बढेको छ । यता, बैंकको निक्षेप संकलन ५०.८७% र कर्जा लगानी ३९.४८% ले बढेको छ । 

बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४१ पैसाले बढेर २८ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६२ पैसा रहेको छ । 

Post Your Comment