Market Closed

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २४ चैत २०७२)

06 Apr,2016
  • eic1_4_6_2016_3_16_23.jpg
 
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २४ चैत २०७२)
 

प्राविधिक विश्लेषण

  • आरएसआई ओभरसोल्ड जोन (२९ दशमलव ४७ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन २३  दशमलव ७८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
  • मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, सातदिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार १ सय ७० मा टेवा र मूल्य महँगिएमा रू. १ हजार २ सय ३० मा प्रतरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  •  कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा ४ दशमलव ७० प्रतिशत बढेर रू. ९१ लाख २७ हजार पुगेको छ । आम्दानी ५ दशमलव ८२ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
  •  चुक्ता पूँजीको तुलनामा खुद नाफा ८ दशमलव ६० प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेकोे छ ।
  •  जगेडा कोष ३४ दशमलव ३२ प्रतिशत बढेर रू. १५ करोड १७ लाख, दीर्घकालीन लगानी तथा कर्जा ९३ दशमलव ८० प्रतिशत बढेर रू. २० करोड २९ लाख पुगेको छ ।
  •  नाफा नोक्सान हिसाबमा आम्दानी ५ दशमलव ८२ प्रतिशत बढेर रू. १ करोड ६६ लाख र व्यवस्था तथा खर्चहरू ७ दशमलव २१ प्रतिशत बढेर रू. ७४ लाख ८३ हजार पुगेको छ ।
  •  आय शून्य दशमलव १७ प्रतिशत बढेर रू. १९ करोड १ लाख पुगेको छ भने व्यय १ दशमलव ३८ प्रतिशत घटेर रू. १७ करोड ७३ लाख पुगेको छ ।
  •  चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू शून्य दशमलव १७ प्रतिशत बढेको छ भने चालू दायित्व तथा व्यवस्थाहरू १५ दशमलव ४४ प्रतिशत बढेको छ ।
  •  गत आवमा रू. ४ करोड १२ लाख कुल बीमाशुल्क आर्जन रकम रहेको यस कम्पनीको चालू आवमा भने ६६ प्रतिशत बढेर रू. ६ करोड  ८४ लाख पुगेको छ । कुल दाबी भुक्तानी रकम २२ दशमलव ३६ प्रतिशत घटेर रू. ४ करोड ५४ लाखमा सीमित भएको छ ।
  •  कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ३ दशमलव ७३ प्रतिशत घटेर रू. ४१ करोड ३९ लाखमा सीमित भएको छ भने भुक्तानी हुन दाबी सङ्ख्या ५ दशमलव ६७ प्रतिशत बढेर १० हजार ९९ पुगेको छ ।

Post Your Comment