एभरेस्ट इन्सुरेन्सको नाफा एक करोड १६ लाख घट्यो

17 Aug,2016
  • everest_insurance_resize_8_17_2016_2_47_09.jpg
नेपाली पैसा
काठमाडौं : एभरेस्ट इन्सुरेन्सको नाफा एक करोड १६ लाख तीन हजार रूपैयाँले घटेको छ ।

एभरेस्टले आर्थिक वर्ष २०७२–७३ मा जम्मा दुई करोड ८१ लाख २१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष एभरेस्टले तीन करोड ९७ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

जम्मा १० करोड १२ लाख ५० हजार रूपैयाँ चुक्ता पुँजी भएको यो इन्सुरेन्सको रिजर्भमा १७ करोड सात लाख ३७ हजार रूपैयाँ छ । चुक्ता पुँजीको तुलनामा रिजर्भ कोष आकर्षक मान्नुपर्छ ।

चुक्ता पुँजी नियामक बिमा समितिले तोके भन्दा पनि निकै कम छ । निर्जीवन बिमा कम्पनीको २५ करोड रूपैयाँ चुक्ता पुँजी हुनैपर्ने प्रावधान छ ।

एभरेस्टको बिमा कोषमा चार करोड ८८ लाख ७३ हजार रूपैयाँ छ । कम्पनीले दीर्घकालीन लगानी तथा कर्जामा २० करोड २९ लाख १२ हजार रूपैयाँ पुर्याएको छ ।

कम्पनीले नौ करोड ८७ लाख ७८ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गर्दा ६ करोड २५ लाख ३६ हजार रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

 यसैगरी, पुनर्बिमा कमिसनबाट एक करोड ५६ लाख ३४ हजार रूपैयाँ आम्दानी भएको देखाइएको छ । आर्थिक वर्ष २०७२–७३ को त्रैमासिक अन्त्यसम्मको भुक्तानी हुन बाँकी दाबी रकम आठ करोड एक लाख रूपैयाँ छ ।

एभरेस्टको प्रतिसेयर आम्दानी २७.७९ रूपैयाँ, प्रतिसेयर नेटवर्थ ३१७.०६ रूपैयाँ र मूल्य आम्दानी अनुपात ८१.३३ गुणा छ ।

Post Your Comment