Market Closed

एभेरष्ट इन्सुरेन्सको २ पटक हकप्रद, १०% बोनसपछि यसरी पुग्छ चुक्ता पुँजी

22 Mar,2018
  • everest-insurance-_3__3_22_2018_12_10_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले दुई चरणमा हकप्रद जारी गर्ने भएको छ । कम्पनीले संस्थापक हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गरिनेछ । यी सबै प्रस्ताव आगामी वैशाख १० गते हुने वार्षिक साधारण सभामा पेश गरिनेछ । साधारण सभाले अनुमोदन गरेपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । 
 
यसैगरी, कम्पनीले १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । बोनस वितरणमा १ करोड २१ लख ५० हजार रुपैयाँ खर्च गर्नेछ । बोनसपछि चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ हुनेछ । यही पुँजीमा कम्पनीले सुरुमा १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १०५% संस्थापक हकप्रद जारी गर्नेछ । 
 
एभरेष्टले यसपछि कायम पुँजीमा फेरि ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी गर्नेछ । यसआधारमा बोनस र हकप्रदपछि यो इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
 
साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो २ बजेबाट सुरु हुनेछ । साधारण सभा गर्न एभरेष्टले चैत २६ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्नेछ । चैत २५ गतेसम्म कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्ट इन्सुरेन्सले २ करोड ३७ लाख ७० हजार खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ रुपैयाँ ७५ पैसा छ भने प्रतिसेयर नेटवथ ३५५ रुपैयाँ ४९ पैसा छ ।

Post Your Comment