एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद बाँडफाँट, ५ लाख कित्ता लिलामीमा आउने

11 Jul,2019
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सरेन्स कम्पनीको ३००% हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ । कम्पनीले जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता सेयर निष्कासन गरेको थियो । तर यसमध्ये ७६ लाख ८९ हजार ६५६ कित्ता सेयर मात्र बाँडफाँट भएको छ । ५ लाख २९ हजार ८१९ कित्ता सेयर नबिकेको देखिन्छ ।
 
तसर्थ, एभरेष्टले बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामा ल्याउनुपर्नेछ । लिलामीमार्फत सबै सेयर बिक्री भएपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment