Market Closed

एभरेष्ट इन्सुरेन्सको लिलामी सेयरमा कतिसम्म तोक्ने भाउ ? आइतबारसम्म समय

22 Aug,2019
  • bid_auction_8_22_2019_1_10_19.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामी भर्न अब बिहीबार ३ कार्य दिन मात्र समय बाँकी रहेको छ । लगानीकर्ताले यस लिलामीमा भदौ ८ गते आइतबार भित्र आवेदन दिइसक्नुपर्ने हुन्छ । एभरेष्टले साउन २९ गतेदेखि लिलामी खुला गरेको हो । कम्पनीले ३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७८० कित्ता लिलामीमा ल्याएको हो । 
 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले दोस्रो बजारमा कायम भाउलाई ध्यान दिएर लिलामी आवेदन दिनुपर्ने हुन्छ । नेप्सेमा बुधबार एभरेष्ट इन्सुरेन्सको प्रतिकित्ता ३ सय २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

लिलामी भर्दा सामान्यतयः बजार भाउ भन्दा केही कम मूल्य तोक्ने गरिन्छ । यसबाहेक बजारमा सेयर आपूर्ति अवस्था, अन्य कम्पनीको लिलामी, ब्याजदर, लगानीकर्ताको मनोविज्ञान, लगानी वातावरण, कम्पनीको भावी रणनीति लगायतका पक्षलाई पनि ध्यान दिएर लिलामी भाउ तोक्नुपर्ने हुन्छ ।  
 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट लिलामी भर्न सकिनेछ । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर,  बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।
 
कम्पनीले यसअघि गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामीमा ल्याइएको हो । 

एभरेष्ट इन्सुरेन्सको लिलामी सेयर सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment