Market Closed

एभरेष्ट इन्सुरेन्सको उत्साहजनक प्रगतिः नाफा ३३८.१०% ले बढ्दा अन्य सूचक कस्तो ?

12 Nov,2019
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा 

काठमाडौं : आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्सुरेन्सले उत्साहजनक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा ३३८.१०% ले बढेर २ करोड २ लाख १४ हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीले ४६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले संस्थापक समूहतर्फको १०५% हकप्रद र त्यसपछि ३००% हकप्रद सेयर जारी गरेर भारी मात्रामा चुक्ता पुँजी वृद्धि गरेको छ । यसअवधिमा चुक्ता पुँजी ७२०% ले बढेर १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको छ । यता कम्पनीको दावी भुक्तानी हुन बाँकी रकम भने वृद्धि भएको छ । दावी भुक्तानी हुन बाँकी रकम यस अवधिमा १६७.५९% ले बढेर ९९ करोड २१ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

एभरेष्टको प्रतिसेयर नेटवर्थ पनि भारी मात्रामा घटेको छ । प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ ०७ पैसाले घटेर १३५ रुपैयाँ ४७ पैसामा आएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा (बार्षिक) रहेको छ ।
 
 

Post Your Comment