Market Closed

एभरेष्ट इन्सुरेन्सले साउन ६ मा बोलायो एजीएम

30 Jun,2020
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले २५औं वार्षिक साधारण सभा साउन ६ गते डाकेको छ । सभा अग्रवाल भवन कमल पोखरीमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । न्यूनतम सुरक्षाका उपाय अपनाएर सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।
 
सेयरधनीले भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सक्नेछन् । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनुपर्नेछ । एभरेष्ट इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ । साधारण सभा प्रयोजनका लागि एभरेष्टले असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 
 
 
 
 

Post Your Comment