Market Closed

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम मौका

06 Apr,2018
  • First-micro-finance-develo_4_6_2018_10_21_29.jpg
नेपाली पैसा 
 
काठमाडौं ः फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने शुक्रबार (चैत २३ गते) अन्तिम मौका हो । कम्पनीले फागुन १८ गतेदेखि २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो ।  फर्स्टको हकप्रदमा माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्स्टमाइक्रोफाइनान्सको ज्ञानेश्वर, काठमाडौं, उर्लाबारी, मोरङ तथा भरतपुर, चितवनबाट पनि भर्न सकिनेछ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फस्र्टले ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ १७ पैसा छ ।
 
 

Post Your Comment