Market Closed

फर्स्ट माइक्राफाइनान्सको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा आजदेखि फिर्ता

21 Jun,2018
  • First-micro-finance-development-bank-Ltd_6_21_2018_12_16_50.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले बिहीबार (असार ७ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
 
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाउने कम्पनीले जनाएको छ ।
 
फर्स्टले जेठ २३ गतेदेखि ३० गतेसम्म सर्वसााधरण समूहको २६ हजार ८८४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर यो समयमा लिलामीमा ल्याएको हो ।
 
हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद नाफा कमाएको छ । 

Post Your Comment