Market Closed

फर्स्ट बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति

20 Oct,2019
  • 3_9_24_2019_4_50_43.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधि भन्दा १६.३३% ले बढी हो । गत वर्ष यस अवधिमा फर्स्टले २ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस्तै, यो माइक्रोफाइनान्सले ४ करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सञ्चालन नाफा पनि गत वर्षको भन्दा १६.८३% ले बढाएर ४ करोड २३ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ फन्डमा १३ करोड ४९ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८५ पैसा छ । 



फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment