Market Closed

गणपति लघुवित्तको बोनस सेयर डिम्याट खातामा

02 Jul,2020
  • bonus_7_2_2020_9_24_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले ७% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर ८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ । गणपतिको पुस ४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर कर प्रयोजनार्थ ०.३७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 
 
 

Post Your Comment