Market Closed

गणपति माइक्रोफाइनान्स र नेपाल एग्रोको सेयर कारोबार खुला, कति पाए ओपन रेन्ज ?

19 May,2019
  • 1_5_19_2019_11_13_53.jpg
नेपाली पैसा
 
काठमाडौं : गणपति माइक्रोफाइनान्स र नेपाल एग्रो लघुवित्तको सेयर कारोबार खुला भएको छ । नेप्सेले गणपतिको कारोबारका लागि ७८ रुपैयाँ ९ पैसादेखि २३६ रुपैयाँ ७२ पैसा रेन्ज तोकिदिएको छ । यस माइक्रोफाइनान्सको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।
 
गणपतिको सेयर कारोबार ‘जीएमएफबीएस’ संकेतबाट हुनेछ । यता, नेपाल एग्रो लघुवित्तको पहिलो कारोबार १०३ रुपैयाँ ३८ पैसादेखि ३१० रुपैयाँ ४४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एनएजीआरओ’ तोकिएको छ ।
 
यी दुवै लघुवित्तको सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । नेपाल एग्रोले चुक्ता पुँजीका आधारमा कायम हुने ४ लाख ९७ हजार ७७८ कित्ता सेयर सूचीकृत गराएको हो । यस्तै, गणपतिको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
 
नेपाल एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गरेको थियो । गणपतिले भने वैशाख ९ देखि १२ गतेसम्म कुल ३ लाख ३५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

Post Your Comment