Market Closed

लुम्बिनीको १२.८२% बोनसका साथमा ०.६७% नगद, गरिमाले पनि दिने भयो १५% बोनस

19 Nov,2017
  • dividend-dates_11_19_2017_11_30_48.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी जनरल इन्सुरेन्सले १२.८२% बोनस सेयर र कर तिर्न ०.६७% नगद लाभांश दिने भएको छ । कम्पनीले हालै बिक्री भएको १००% हकप्रदपछि कायम हुने ७८ करोड रुपैयाँ चुक्ता पुँजीको १२.८२% बोनस र ०.६७% नगद दिने घोषणा गरेको हो । यो बोनस दिइसकेपछि कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुग्नेछ । यता, गरिमा विकास बैंकले पनि १५% बोनस सेयर दिने भएको छ । बैंकले कर तिर्न नगद भने दिएको छैन । यी दुवै कम्पनीको लभांश आगामी वार्षिक साधारण सभाले पास गरिसकेपछि मात्र वितरण हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले ३ करोड ४२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 
 
 

Post Your Comment