Market Closed

गरिमा र शुभेच्छाको एकीकृत कारोबार असोज ४ बाट, नाम गरिमा विकास बैंक रहने

16 Sep,2016
  • garima_bikas_bank_resize_9_16_2016_1_14_30.jpg
नेपाली पैसा 
काठमाडौं : गरिमा विकास बैंक र शुभेच्छा विकास बैंकबीच असोज ४ देखि एकीकृत कारोबार हुने भएको छ । 
 
पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गरिमा विकास बैंकले चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंकलाई एक्वायर गरेको हो । 
 
 
शुभेच्छाको  कार्य क्षेत्र तीन जिल्लामा मात्र सीमित छ । दुवै संस्थाको एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले भदौ २४ मा अन्तिम स्वीकृति दिएको हो । 
 
यसैगरी, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भदौ २७ गते दुवै संस्थालाई गाम्भे, गाभिनेसम्बन्धसमा अन्तिम स्वीकृति दिएको हो । एकीकृत कारोबार गरिमा विकास बैंक लिमिटेडका नामबाट हुनेछ । 
 
एकीकृत कारोबार गर्दा सफ्टवेयरबाट कारोबार प्रणाली मिलाउनका लागि असोज १ र ३ गते तीन सय ६५ दिने बैंकिङ सेवा, एटीएम सेवा, एसएमएस तथा मोबाइल बैंकिङ सेवाहरू बन्द हुनेसमेत बैंकले जानकारी दिएको छ । 
 
गाभिएपछि गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं लाजिम्पाटमा राख्ने तयारी भएको छ । 
 
काठमान्डौमा केन्द्रीय कार्यालयको व्यवस्थापन नहुँदासम्म पोखरा उपमहानगरपालिका–९ महेन्द्रपुलबाट केन्द्रीय कार्यालयको काम हुने दुवै बैंकले जानकारी दिएका छन् । 
 
नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था मर्ज तथा एक्विजिसनमा जानेक्रम बढेको हो । सक्ष्म संस्थाले बोनस र हकप्रद दिएरै तोकिएको पुँजी पुर्याउने कसरत पनि गरिरहेका छन् । 

Post Your Comment