Market Closed

गरिमा विकास बैंकको पनि एजीएम हुँदै, १५% बोनस सेयर प्रस्ताव

12 Jan,2018
  • Garima-bikas-bank-L_1_1_1_12_2018_12_37_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकको एजीएम पनि होटल पोखरा ग्रान्ड विरौटामा साधारण सभा भइरहेको छ । एजीएममा बैंकले हाल कायम चुक्ता पुँजीको १५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरेको छ । यस्तै, बैंकले संस्थापक समूहको सेयर स्वामित्व कम्तिमा ५१% कायम हुने गरी बाँकी सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश गरेको छ । यसैगरी, अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि प्रस्ताव पनि लगिएको छ । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५.७१ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड ४२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५० पैसा छ । 
 
 
 
 
 
 

Post Your Comment