Market Closed

गरिमा विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै, भाउ कति होला ?

08 Mar,2018
  • Garima-bikas-bank-Ltd_3_8_2018_12_10_41.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । तर बैंकले सेयर बिक्री गर्न चाहने संस्थापक र सेयर संख्या भने खुलाएको छैन । यो सेयर खरिदका लागि गरिमाका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक सस्थापकले सूचना सार्वजनिक भएको मिति (फागुन २४ गते) देखि ३५ दिनभित्र गरिमाको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
 
यो अवधिमा संस्थापकले नकिनेमा भने सर्वसाधारणले पनि किन्न पाउनेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने पनि बैंकले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको छ । यो त्रैमासमा बैंकले १८ करोड ५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने ११८ रुपैयाँ ५४ पैसा छ ।

Post Your Comment