Market Closed

ग्लोबल र जनता मर्ज हुने, सहमतिपत्रमा भइसक्यो हस्ताक्षर

05 Jul,2019
  • Merger-branding-1_7_5_2019_12_46_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्ज हुने भएको छ । दुवै बैंकले मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । केन्द्रीय बैंकले ठूला बैंकलाई मर्जमा जान निर्देशन दिएसँगै ग्लोबल र जनता बैंकले सहमति गरेका हुन् । पुँजी वृद्धि निर्णयपछि मर्जमा जाने ग्लोबल र जनता बैंक पहिलो जोडी पनि भएका छन् ।

ग्लोबल आइएमई बैंकसम्बद्ध स्रोतका अनुसार मर्जमा जान दुई बैंकबीच सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ । डीडीए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय हुनेछ । मर्जपछि बैंकको नाम ग्लोबल आईएमई रहनेछ । प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री हुनेछन् । 

हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ । यस्तै, ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ । 

Post Your Comment