Market Closed

नेप्सेमा थपियो ४ कम्पनीको बोनस सेयर, २ करोड ४४ लाख कित्ता सूचीकृत

11 Apr,2019
  • share_listing_3_22_2019_1_28_52.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बुधबार ४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउनेमा जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आइएमई बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र कन्काई विकास बैंक रहेका छन् । 
 
जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत पुस ३० गते भएको साधारण सभाबाट पारित १०% बोनस सेयर सूचीकरण गराएको हो । उक्त बोनसपछि यसको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 
 
ग्लोबलले गत पुस २७ गतेको साधाराण सभाबाट १६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस अहिले सूचीकृत भएको हो । बोनस सेयरपछि बैंकको चुक्ता पँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
 
यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्सले १.२३% ले हुने ९८ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरेको छ । श्रीले गत पुस २ गतेको साधाराण सभाबाट उक्त बोनस पारित गरेको थियो । बोनस सेयरपछि यस फाइनान्सको चुक्ता पुँजी ८१ करोड रुपैयाँ पुगेको छ ।
 
यता, कन्काई विकास बैंकको १ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । कन्काईले मंसिर १० गतेको साधाराण सभाबाट ३% बोनस प्रस्ताव पारित गरेको थियो । उक्त बोनस अहिले सूचीकरण गरेको हो । बोनस सेयरपछि यस बैंकको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

Post Your Comment