Market Closed

नेप्सेमा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत

08 Jan,2020
  • share_listing_1_8_2020_1_05_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बुधबार ३ वटा कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५५७.७९ कित्ता बोनस सेयर रहेको छ । यो बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२.७५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 
यता, नेसनल लाइफ इन्सुरेन्सको ७ लाख ५१ हजार ८६०.१३ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकरण भएको छ । यस इन्सुरेन्सले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट २.५% बोनस वितरण गरेको थियो । 
 
यस्तै, अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ । यस कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियोे । सोही बोनस सूचीकरण गरिएको हो ।

Post Your Comment