Market Closed

ग्लोबल, जनता र कैलाशको सेयर कारोबार रोक्का, मर्जरको बढ्यो चहलपहल

07 Jul,2019
  • merger_7_7_2019_10_24_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई र जनता बैंक आपसमा मर्जमा गएकाले दुवै बैंकको आइतबारदेखि सेयर कारोबार रोक्का हुनेछ । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब ग्लोबल आइएमई बैंकका नामबाट सेयर कारोबार खुल्नेछ ।

यता, प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्न लागेकाले आइतबारदेखि कैलाशको पनि सेयर कारोबार रोक्का हुनेछ । कैलाशका लगानीकर्ताले एकीकृत कारोबारपछि अब प्राइम बैंकको नामबाट सेयर कारोबार गर्नेछन् । यी बैंकहरुबीच गत शुक्रबार मर्ज ताथ एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । 

Post Your Comment