Market Closed

ग्लोबल आइएमईको खुद नाफा ४२ करोड, निक्षेप ८० अर्ब, रिजर्भ बढाउने चुनौती

07 Nov,2016
  • global-ime-bank_11_7_2016_12_39_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
यो नाफा गत वर्षको भन्दा १० करोड ७३ लाख ६८ हजार रुपैयाँले धेरै हो । गत वर्ष ग्लोबलले  पहिलो त्रैमासिक अवधिमा ३१ करोड ३५ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
 बैंकले खुद ब्याज आम्दानीमा भारी वृद्धि गर्न सक्षम देखिएको छ । गत वर्ष खुद ब्याज आम्दानी ५८ करोड ६७ लाख २९ हजार रुपैयाँ रहेकोमा यो पटक बढाएर   ८२ करोड ३५ लाख १८ हजार रूपैयाँ पुगेको छ ।
 
यसपटक बैंक तथा वित्तीय संस्थाको नाफामा ब्याज आम्दानीको प्रभाव सबैभन्दा धेरै देखिएको छ । निक्षेप खातामा न्यून ब्याजदर दिएको फाइदा बैंकहरूले मज्जाले लिएको देखिन्छ । 
 
चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ भएको ग्लोबलले रिजर्भ कोषमा एक अर्ब ९७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो तथ्यांकले ग्लोबललाई रिजर्भ कोष अझै आकर्षक बनाउनुपर्ने चुनौती खडा गरिदिएको छ । 
 
चुक्ता पुँजीको आधारमा रिजर्भ कोष अलि थोरै नै हो । तर गत वर्षभन्दा रिजर्भमा पनि लगभग ५० करोड बढेको भने देखिन्छ । गत वर्ष बैंकको रिजर्भ कोषमा एक अर्ब ४७ करोड २७ लाख ९१ हजार रुपैयाँ थियो । 
 
 
ग्लोबलले यस अवधिमा निक्षेप संकलन ८० अर्ब रुपैयाँ नघाएको छ । जबकी गत वर्ष यही अवधिमा बैकको निक्षेप जम्मा ६३ अर्ब नौ करोड ६० लाख ३९ हजार रुपैयाँमात्र थियो । बैंकले यसअवधिसम्ममा ६७ अर्ब भन्दा बढी कर्जा प्रवाह गर्न पनि सफल भएको देखिएको छ । 
 
ग्लोबलले १५ करोड ९३ लाख ९७ हजार रूपैयाँ प्रोभिजनमा छुट्याएको छ भने १० करोड ७५ लाख ३३ हजार रूपैयाँ राइट ब्याक गर्न सफल भएको छ । 
 
बैंकको खराब कर्जा १.७१ प्रतिशत, प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ ६४ पैसा रहेको छ ।
 

Post Your Comment