Market Closed

ग्लोबल आइएमई बैंकको लाभांश सोझै खातामा पाउन अब तपाईंले के गर्ने ?

21 Nov,2017
  • bank_deposit_11_21_2017_4_31_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले नगद लाभांश सोझै बैंक खातामा पठाउने भएको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएस (इन्टर बैंक पेमेन्ट सिस्टम) अनुसार सेयरधनीहरुले उपलब्ध गराएको बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । बैंकको गत कात्तिक २३ गते सम्पन्न साधारण सभाले १०% बोनस सेयर र १०% नगद लाभांश दिने प्रस्ताव पास गरिसकेको छ । यता, बैंकले बुक क्लोजको मितिसम्ममा अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीलाई आफ्नो डिम्याट खाता अद्यावधिक गराउन आग्रह गरेको छ । डिम्याट खाता अद्यावधिक गरेपछि बोनस सेयर पनि सेयरधनीको डिम्याट खातामा जम्मा गरिनेछ । यता, बैंकले अझै भौतिक रुपमा सेयर धारण गर्ने सेयरधनीको समेन नगद लाभांस भने सोझै बैंक खातामा जम्मा गरिदिने भएको छ  । यसका लागि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाको विवरण ग्लोबल आइएमई क्यपिटल लिमिटेड जमल काठमाडौंमा उपलब्ध गराउन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
 
 सेयरधनीहरुले खाताको विवरण उपलब्ध गराउँदा सम्बन्धित बैंकबाट हालसालै अध्यावधिक गरिएको बैंक खाता प्रमाणित गर्ने कागजात पनि पेश गर्नुपर्नेछ । अभौतिक र भौतिक रुपमा सेयर धारण गर्ने सेयरधनीहरुको मंसिर २२ गतेसम्म प्राप्त निवेदनहरुको आधारमा मंसिर २८ गतेदेखि सम्बन्धित बैंक खातामा नगद लाभांस पठाउने बैंकले सूचनामा उल्लेख गरेको छ । यस्तै, उक्त समयपत्तचात प्राप्त निवेदनहरुको हकमा भने प्रत्येक हप्ताको अन्त्यसम्ममा उपलब्ध विवरणको आधारमा अर्को शुक्रबार बैंक खातामा नगद जम्मा हुनेछ । नगद लाभांस जम्मा गर्दा बैंकले कुनै पनि शुल्क नलाग्ने जनाएको छ । तर सम्बन्धित बैंकको नियम अनुसार शुल्क लाग्ने भएमा भने सेयरधनीको लाभांशबाट नै रकम कट्टा गरिने ग्लोबलले जनाएको छ । सेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएमा त्यसको जिम्मेवार सेयरधनी स्वयं नै हुनुपर्नेछ । 
 
 
 

Post Your Comment