ग्लोबल आइएमईले वार्षिकोत्सवको अवसरमा गर्यो रक्तदान कार्यक्रम

11 Jan,2019
  • DSC_8463_1_11_2019_4_22_54.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान’ हो भन्ने मुल नाराका साथ बिहीबार बैंकले कान्तिपथ शाखामा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । 
 
मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको उल्लेख छ । हाल ग्लोबल आइएमईले १३३ शाखा, १४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ वटा राजश्व संकलन काउन्टर र ११६ शाखारहित बैंकिङ तथा विदेशमा ३ सम्पर्क कार्यालयमार्फत ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको जनाएको छ । 

Post Your Comment