Market Closed

गण्डकी विकास बैंकले दिने भयो १९.३१% बोनस, २५% हकप्रदले पनि पाउने

11 Mar,2018
  • gandaki_3_11_2018_1_23_34.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले १९.३१% बोनस सेयर दिने भएको छ । यो बोनस हालै बिक्री भएको २५% हकप्रदमा पनि लागू हुनेछ । बैंकले हालै बिक्री गरेको २५% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँको १९.३१% बोनस सेयर दिने निर्णय गरिएको जनाएको छ । बैंकले कुल ४४ करोड ५० लाख ९२ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
 
बोनस वितरण भने आगामी साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र हुनेछ । यो १९.३१% बोनस सेयरपछि गण्डकीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसा छ ।

Post Your Comment