Market Closed

गण्डकीमा चमक, १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा, इपीएस कति ?

14 Nov,2018
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ९०.६५% धेरै हो । गत वर्ष बैंकले ५ करोड ३९ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १६.५०% र ८२.०६% ले विस्तार गर्न सफल भएको छ । गत वर्ष २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको गण्डकीले यो त्रैमासमा बढाएर २३ करोड ३६ लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । 
 
सञ्चालन नाफा पनि ८ करोड ४० लाख रुपैयाँबाट बढेर १५ करोड ३० लाख ३५ हजार पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ११ करोड ७४ लाख ३३ हजार रुपैयाँ जम्मा भएको छ । 
 
यो त्रैमास सम्ममा २३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल गण्डकीले २१ अर्ब २४ करोड ३३ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खराब कर्जा १.४०% बाट घटाएर ०.४६% मा झारिदिएको छ । 
 
गण्डकीको कस्ट अफ फन्ड ८.८७% रहेको छ । कर्जा निक्षेप अनुपात ७७.१५% तथा बेस रेट १२.४०% रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको गण्डकीको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ । 

गण्डकीको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्
 

Post Your Comment