Market Closed

गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश दिने घोषणा

20 Nov,2018
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले १४.२०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुने बैंकले जनाएको छ ।
 
गण्डकीले गत वर्ष १९.३१% बोनस सेयर दिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । गण्डकीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ ।

गण्डकीले विगतमा दिएको लाभांश :


Post Your Comment