Market Closed

गण्डकीको १४.२०% नगद पारित गर्न पुस २६ मा एजीएम, बुक क्लोज कहिले ?

20 Dec,2018
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकको एघारौं वार्षिक साधारण सभा पुस २६ मा हुने भएको छ । सभामा बैंकले १४.२०% नगद लाभांस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट नगद वितरण गर्न लागेको हो । गण्डकीले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । सभा माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा ९ बजेबाट सुरु हुनेछ ।
 
सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 
यस बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ । सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ । यसकारण पुस १० गतेसम्म कायम सेयधनीले मात्र र नगद लाभांश सुरक्षित गर्नेछन् ।
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गण्डकीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ । 

Post Your Comment