Market Closed

गण्डकीको १४.२०% लाभांश सुरिक्षत गर्ने आज अन्तिम मौका, के–के छन् एजीएमका एजेन्डा ?

25 Dec,2018
  • Gandaki-bikas-bank-Ltd_6_18_2018_12_43_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश सुरक्षित गर्ने आज (पुस १० गते) अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट १४.२०% नगद लाभांश वितरण गर्न पुस २६ मा साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बुधबार (पुस ११ गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसआधारमा मंगलबार सम्म कायम रहेका सेयधनीले मात्र र नगद लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । सभा माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा ९ बजे सुरु हुनेछ ।
 
सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि हुनेछ ।

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ । 
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गण्डकीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ ।
 
 
 

Post Your Comment