Market Closed

गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश खातामा पुग्यो

23 Jan,2019
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले पनि १४.२०% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । बैंकले पुस १० गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामा पठाइदिएको हो । यस्तै, पुस १० पछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।
 
अहिलेसम्म पनि सेयर प्रमाणपत्रकै रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । तसर्थ, डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ । 
 
लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ । 
 
गण्डकी विकास बैंकको पुस २६ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १४.२०% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment