Market Closed

गण्डकीको खुद नाफा २९.३८% बढ्यो, प्रतिसेयर आम्दानी १९.२९ रुपैयाँ

05 Feb,2019
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले २९.३८% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वार्षको दोस्रो त्रैमासमा २६ करोड ५२ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
यस्तै, खुद ब्याज आम्दानी पनि २२.१४% ले बढेर ५५ करोड ४२ लाख ७५ हजार रुपैयाँ पुगेकोे छ । गत वर्ष गण्डकीले ४५ करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । सञ्चालन नाफा ३०.४१% ले वृद्धि गरी ४० करोड ६१ लाख २३ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, दोस्रो त्रैमाससम्ममा २६ अर्ब १९ करोड ४० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड ५४ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गतको यसै अवधिमा भने निक्षेप १९ अर्ब ९२ करोड ४७ लाख २७ हजार र कर्जा लगानी १७ अर्ब ५६ करोड १३ लाख ५९ हजार रुपैयाँ रहेको थियो । यसले खराब कर्जा ०.८८% बाट घटाएर ०.४१% सीमित गरेको छ ।
 
चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको गण्डकीको रिजर्भ कोषमा ८८ करोड ३० लाख ५३ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार र रिजर्भ कोषमा १ अर्ब १३ करोड ८२ लाख ४ हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ११ पैसा छ ।

गण्डकीको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment