गण्डकीमा चमक, ६० करोड नाघ्यो खुद नाफा, इपीएस कति ?

16 Aug,2019
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा 
 
काठमाडौं: गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्म आइपुग्दा ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा नाफा २४.८७% ले बढी हो । अघिल्लो वर्ष बैंकले ४८ करोड ३५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ । 
 
बैकले खुद ब्याज आम्दानी पनि २६.६४% ले बढाएर १ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २३.४५% ले बढेर ८६ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गण्डकीले असार मसान्तसम्म २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेर २५ अर्ब ६४ करोड १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंकले प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ६५ पैसाले बढाएर २२ रुपैयाँ २३ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर अम्दानी १७ रुपैयाँ ५८ पैसा रहेको थियो ।  गण्डकीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६९ पैसा रहेको छ ।

Post Your Comment