Market Closed

फाइनान्स कम्पनीहरु ब्याज बढाउन कस्सिए, कुन–कुनले दिंदैछन् १२.५०% ब्याज ?

18 Feb,2018
  • interet_2_18_2018_2_09_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : लगानी योग्य पुँजीको अभाव  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमा पनि चुलिन थालेको छ । निक्षेप अभाव हुन थालेपछि फाइनान्स कम्पनीहरुबीच निक्षेपकर्ता तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो । यही क्रममा आइतबार ३ वटा फाइनान्स कम्पनीले मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिने घोषणा गरेका छन् । वाणिज्य बैंहरुले निक्षेपमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरिरहेको अवस्थामा फाइनान्स कम्पनीहरु भने मज्जाले ब्याज दिन कसिएका हुन् । 
 
यहीक्रममा आइसीएफसी फाइनान्सले ३ महिना अवधिको मुद्दति निक्षेपमा १२.५० प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यो फाइनान्सले ६ महिना अवधिको मुद्दतिमा १२.२५%, १ वर्षे मुद्दतिमा १२% र २ वर्षे मुद्दतिमा ११.५०% ब्याज दिने जनाएको छ । यसैगरी, गुडविल फाइनान्सले मुद्दति निक्षेपमा १२.५०% सम्म ब्याज दिने घोषणा  गरेको छ । 
 
गुडविलले ३ देखि ९ महिने समयको मुद्दतिमा अवस्था अनुसार ११% देखि १२.५०% सम्म ब्याज दिने जनाएको छ । यस्तै, १ वर्षे मुद्दतिमा १२% र २ वर्षेमा १२.२५% ब्याज पाइनेछ । ब्याजदर बढाउने पंक्तिमा रिलायन्स फाइनान्स पनि देखिएको छ । रिलायन्सले ४ महिना अवधिको मुद्दतिमा १२% ब्याज दिने भएको छ भने १ वर्षका लागि १२.५०% ब्याज पाइनेछ । 
 
 
 

Post Your Comment