Market Closed

गुडविल फाइनान्सले लिलामी बाँडफाँटमा नपरेको पैसा दिन थाल्यो फिर्ता

12 Oct,2017
  • Refund_10_12_2017_10_49_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सले आज (असोज २६) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले आवेदकले फारममा उल्लेख गरेको बैंक खातामै पैसा फिर्ता गरिदिनेछ  । गुडविलले असोज १ देखि १० गतेसम्म ८१ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । गुडविलको लिलामी सोमबार (असोज २३ गते) बाँडफाँट गरिएको हो । यसअघि फाइनान्सले असार १८ देखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० कित्ता सेयर (६०%) हकप्रद खुला गरेको थियो । त्यतिवेला बिक्री नभएको बाँकी सेयर लिलामीमा बिक्री गरिएको हो । एनआइबीएल क्यापिटल लिमिटेडले यसमा बिक्री प्रबन्धकको काम गरेको हो । हाल गुडविलको चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने गुडविलको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फाइनान्सले ९ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गुडविलको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५० पैसा छ । 
 
 
 

Post Your Comment