Market Closed

गुडविलको १०.१९% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ७ मा एजीएम

10 Dec,2017
  • Goodwill-Finance-company-Ltd_12_10_2017_11_25_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सको १०.१९% बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । यो फाइनान्सको पुस ७ गते बस्ने वार्षिक साधारण सभामा १०.१९% बोनस सेयर र ०.५३६% दिने प्रस्ताव पेस गरिंदैछ । गुडविलले सोमबारदेखि साधारण सभा हुने दिन सम्म बुक क्लोज गर्ने भएको छ । सामान्यतयः बुक क्लोज हुनु भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा आइतबार नै सेयरधनी भइसक्नुपर्नेछ । यस फाइनान्सले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि लैजाने भएको छ । साधारण सभा बिहान ११ बजे गुडविल फाइनान्स, गुडविल कम्प्लेक्स, हात्तिसार काठमाडौंमा सुरु हुनेछ । हाल गुडविलको चुक्ता पुँजी ७२ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ ।
 
 
 

Post Your Comment