Market Closed

गुडविल फाइनान्सको एजीएम आज, १०.१९% बोनस प्रस्ताव

22 Dec,2017
  • Goodwill-Finance-company-_12_22_2017_11_09_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सको साधारण सभा शुक्रबार (पुस ७ गते) बिहान ११ बजेदेखि गुडविल कम्प्लेक्स, हात्तिसार काठमाडौंमा सुरु हुँदैछ । सभामा कम्पनीले १०.१९% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव राख्दैछ । कम्पनीले ०.५३६% नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पेश गर्दैछ । यस फाइनान्सले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि लैजाँदै छ । हाल गुडविलको चुक्ता पुँजी ७२ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ ।
 

Post Your Comment