Market Closed

गुडविलको नाफा ३१.९०% घट्यो, सम्भावित जोखिमका लागि ४ करोड ३२ लाख

01 Aug,2018
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा गुडविलको नाफा घटेर ६ करोड ५४ लाख २३ हजार रुपैयाँँमा सीमित भएको छ । अघिल्लो आवको यही अवधिमा ९ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको खुद नाफा अहिले ३१.९०% ले घटेको हो । यो फाइनान्सको खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सञ्चालन नाफामा गिरावट आएको छ । यसको असर समग्र नाफामा परेको देखिन्छ ।
 
गुडविलको खुद ब्याज आम्दानी १५ करोड ४४ लाखबाट बढेर १६ करोड २२ लाख २ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने २७.८१% ले घटेर ७ करोड ४७ लाख ७९ हजार रुपैयाँमा आएको छ । अर्कोतर्फ संभावित जोखिमका लागि मात्र ४ करोड ३२ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । प्रोभिजनमा भारी रकम जम्मा हुँदा नाफामा पनि असर परेको हो । 
 
यता, कम्पनीले ५ अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६७ करोड ३२ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा बढेर २.१०% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.५१% थियो । यस्तै, कस्ट अफ फन्ड १०.३१% रहेको छ ।
 
गुडविल फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगिसकेको छ । यसको रिजर्भ कोषमा भने गिरावट आएको छ । अघिल्लो वर्ष १९ करोड २८ लाख ५९ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले १७ करोड ८७ लाख २६ हजार रुपैयाँ मात्र छ । यसको प्रतिसेयर आम्दानी ८.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.३४ रुपैयाँ रहेको छ ।

गुडविलको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment