Market Closed

गुडविलको खुद नाफा १३.२९% ले घट्यो, प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा

12 Nov,2018
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्ष भन्दा १३.२९% ले थोरै हो । गत वर्ष गुडविलले १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १०१.६९% ले बढोत्तरी गरेर ५ करोड ८५ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ ।

गुडविलले गत वर्ष २ करोड ९० लाख ३० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । कम्पनी यो त्रैमास सम्ममा ३ करोड २९ लाख ४९ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । सञ्चालन घाटा बढेपछि खुद नाफामा असर गरेको देखिन्छ । गत वर्ष यसले १ करोड ८२ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । 
 
हाल गुडविलको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । रिजर्भ कोषमा १८ करोड ४७ लाख ९६ हजार रुपैयाँ छ । यस त्रैैमास सम्ममा गुडविलले ४ करोड ९५ लाख ६९ हजार राइट ब्याक गरेको छ भने ८ करोड २ लाख २ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । 
 
खराब कर्जा १.२९% बाट घटेर ०.८०% मा ओर्लिएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा (वार्षिक) बाट घटेर ५ रुपैयाँ २३ पैसा (वार्षिक) मा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १० पैसा रहेको छ । 

 
 

Post Your Comment