Market Closed

गुडविल फाइनान्सले दिने भयो ५.२६३% नगद लाभांश

27 Dec,2018
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सले ५.२६३% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । गुडविलले नगद लाभांश वितरणका लागि ४ करोड २१ लाख ५ हजार २६३.१६ रुपैयाँ खर्च गर्नेछ ।
 
यो फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । गुडविलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १० पैसा छ ।
 
गुडविलले विगतमा दिएको लाभांशः

Post Your Comment